१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

कृषि ज्ञान केन्द्र झापामा मल माग्दै राप्रपाको धर्ना



चन्द्रगढी– राष्ट्रिय प्रजातन्त्र पार्टीले कृषि ज्ञानकेन्द्र झापामा आज धर्ना दिएको छ ‌। धान खेती गर्ने मुख्य सिजनमा सरकारले रासायनिक मल उपलब्ध गराउन नसकेको भन्दै राप्रपा झापाले ज्ञान केन्द्र घेराउ गरेको हो ।

राप्रपा झापाका अध्यक्ष केशवप्रसाद ओझाले नेपाली किसानप्रति सरकारले हेपाहा प्रवृत्ति देखाएको बताए । उनले किसानकाे माग अविलम्व सम्वाेधन गर्न आग्रह गरे ।

अध्यक्ष ओझाले भारतबाट आएकाे मलमा नुन मिसाएर नेपाली किसानलाई ठग्ने काम भइरहँदा पनि सरकार मुकदर्शक बनेकाे भन्दै आक्राेश व्यक्त गरे ।

चाहिएका बेला मल उपलब्ध गराउन नसक्ने सरकारी कार्यशैली किसानको हितमा नभएकाले त्यसविरुद्ध निरन्तर खबरदारी गर्दै आएको राप्रपा बिर्तामोड नगर कमिटी अध्यक्ष रन्जु प्याकुरेलले बताइन् ।

खेती गर्ने मुख्य सिजन सुरु भइसक्दा समेत झापाका किसानले रासायनिक मल पाउन सकेका छैनन् । पटक-पटक सरकारी निकायको ध्यानाकर्षण गराउँदा समेत मल उपलब्ध नभएपछि राप्रपाले कृषि ज्ञानकेन्द्र घेराउ गरेको हो ।

किसानहरुका लागि तत्काल मल उपलब्ध गराउन माग गर्दै ज्ञान केन्द्रलाई ज्ञापन पत्रसमेत बुझाइएको नगर अध्यक्ष प्याकुरेलले जानकारी दिइन् ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार ००:००  ११ : ३३ बजे