- समृद्धिका लागि संकल्प यात्रा : झापामा तयारी सुरु
- बिर्तामोडबाट मोटरसाइकल चोर्ने एक जना पक्राउ
- उर्लावारी आगलागी घटना : ज्यान गुमाउनेको संख्या पाँच पुग्यो
- राप्रपाका सहसचिव अधिकारीको निधन
- मेचीनगरको देवीगञ्जकी १४ वर्षीया बालिका वेपत्ता, खोजीका लागि परिवारको हार गुहार
पाकिस्तानका जनतालाई देशको अर्थतन्त्रको हितको लागि ‘कम चिया पिउन’ भनिएको छ। वरिष्ठ मन्त्री एहसान इकबालले चियाका कपको संख्या घटाएर अर्थतन्त्रको हितमा जनताले योगदान दिन सक्ने बताए ।
उनले चियाको कप संख्या घटाउनु भनेको उच्च आयात बिल कटौती गर्नु हो भने । पाकिस्तानमा विदेशी मुद्रा सञ्चितिको नाजुक अवस्था छ ।
हालको अवस्था हेर्दा पाकिस्तानसँग दुई महिनालाई मात्र पुग्ने आयात गर्न सक्ने विदेशी मुद्रा सञ्चिति छ । पाकिस्तानमा विदेशी कोष बढाउने दबाब उत्पन्न भएको छ ।
विश्वमा सबै भन्दा बढी चिया आयात गर्ने देश पाकिस्तान हो । पाकिस्तानले हरेक वर्ष करिब ६० करोड डलरको चिया खरिद गर्छ ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार इकबालले जनतालाई अपील गर्दै भने, ‘म देशका जनतालाई चियाको एक दुई कप कटौती गर्न अपील गर्दछु किनभने हामी ऋणमा चिया आयात गरिरहेका छौं ।