१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

झापाको बुधबारेमा करुवाले हानेर महिलाको हत्या



बुधबारे– झापाको बुद्धशान्ति गाउँपालिकामा आज बिहान एकजना भारतीय महिलाको हत्या भएको छ । हत्या हुनेमा भारतको महाराष्ट्र गुरेली ग्राम पञ्चायतकी २६ वर्षिया सपना गाेरड रहेकी छन् ।

घरायसी सामान्य विवादका क्रममा उनका श्रीमान् रघुनाथले पानीखाने करुवाले टाउकोमा हानेर श्रीमतीको हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

श्रीमानको आक्रमणबाट ती महिलाको घटनास्थलमै मृत्यु भएको थियो । श्रीमान-श्रीमती मिलेर उनीहरुले बुधबारे बजारमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए ।

घटनापछि प्रहरीले रघुनाथलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ ‌।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार ००:००  ११ : ३४ बजे