१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

आज दिउँसो एमाले अध्यक्ष ओलीले सुरुङ्गाको चुनावी सभालाई सम्वोधन गर्ने




बिर्तामोड- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको सुरुङ्गामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । दिउँसो २ बजे सुरुङ्गा बजारमा आयोजित चुनावी सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

दुई दिनअघि गृहजिल्ला झापा आएका अध्यक्ष ओली विभिन्न चुनावी कार्यक्रममा सहभागी भइरहेका छन् । आज शिवगञ्जमा आयोजित चुनावी सभालाई सभालाई सम्बोधन गरेर अध्यक्ष ओली सुरुङ्गाको कार्यक्रममा सम्बोधन गर्न आउने जनाइएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार ००:००  ८ : ०३ बजे