- बिर्तामोडका वडा सदस्यलाई क्षमता विकास तालिम
- देउनिया पुलमा दुर्घटना : मोटरसाइकल चालकको मृत्यु
- झापामा लागूऔषधविरुद्ध प्रहरी अपरेसन : भारतीयसहित १३ जना पक्राउ
- मेची प्रादेशिक अस्पतालको प्रसुति सेवा बन्द !
- बिर्तामोडका कुष्ठ प्रभावितलाई सामग्री हस्तान्तरण
बिर्तामोड- झापाको मेचीनगर नगरपालिकास्थित धुलाबारीमा होटल इस्टर्न नेपाल प्रालिले पाँच तारेस्तरको होटल सञ्चालनमा ल्याउने भएको छ । आगामी वर्षबाट होटल सञ्चालनमा आउने प्रालिले जनाएको हो ।
अप्रिल २०२२ सम्म होटल निर्माणको ७७ प्रतिशत काम सकिएको छ । होटलको अध्यक्ष दीपक खड्का हुन् । होटल चन्द्रगढी एयरपोर्टबाट नौ किलोमिटरको दूरीमा छ ।
हाल निर्माणाधीन अवस्थामा रहेको उक्त होटल १८ रोपनी सात आनामा रहनेछ । यसमध्ये दुई रोपनी तीन आनामा क्यासिनो र एक रोपनी सात आनामा ब्याङ्क्वेट निर्माण हुँदैछ ।
९३ करोड ४० लाख रुपैयाँ अनुमानित लागतमा बन्ने उक्त होटलमा स्वीट र डिलक्स गरेर कुल ८७ कोठा रहने रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले जनाएको छ ।