१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नारी सञ्चार गृहको आयोजनामा विकास पत्रकारिता सम्वन्धी कार्यशाला



बिर्तामोड–नारी सञ्चार गृह झापाले शुक्रवार बिर्तामोडमा विकास पत्रकारिता सम्वन्धी कार्यशाला आयोजना गरेको छ । बिर्तामोड–१ स्थित आदर्श स्कूल अफ म्यानेजमेन्टको भवनमा कार्यशाला आयोजना गरिएको हो ।

विकास पत्रकारिताको रिपोर्टिङमा पत्रकारको सीप तथा क्षमता बढाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना रोदनले बताइन् ।

बिर्तामोड नगरपालिका सँगको वित्तिय साझेदारीमा आयोजना गरिएको कार्यशालामा ३० जना पत्रकार सहभागी छन् ।

सहभागीलाई विकास पत्रकारिताको अवधारणासहित विकाससँग जोडिएका विषयमा अग्रज पत्रकार केदार शर्माले प्रशिक्षण दिइरहेका छन् ।

बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङग्राैलाकाे प्रमुख आतिथ्यमा कार्यशाला गोष्ठी आयोजना गरिएको हाे । कार्यक्रममा बोल्दै उपप्रमुख सङग्राैलाले समाजलाई सबल बनाउने दायित्वमा पत्रकारिता जगत चुक्न नहुने बताए ।

सार्वजनिक पदमा बस्नेलाई जिम्मेवार र जवाफदेही बनाउने काममा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने उनले उल्लेख गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, बिर्तामोड-३ का अध्यक्ष मदन बुढाथोकी लगायतले मन्तव्य राखेका छन् ।

नारी सञ्चार गृह झापाकी उपाध्यक्ष लीला अनमाेलले स्वागत गरेकाे कार्यक्रम ज्याेत्स्ना श्रेष्ठले सञ्चालन गरेकी छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार ००:००  ११ : ४० बजे