१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

माध्यमिक अध्यापन अनुमति पत्रका लागि आवेदन खुला



झापा– माध्यमिक अध्यापन अनुमति पत्रका लागि आवेदन खुला भएको छ । शिक्षक सेवा आयोगले सूचना निकालेर आवेदन माग गरेको हो ।

यसअघि आयोगले वैशाख २९ गते आवेदन माग गर्ने निर्णय गरेको थियो । आयोगका अनुसार योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आवेदन दिनसक्ने छन् ।

आयोगले अनलाइनबाट पनि आवेदन लिने व्यवस्था गरेको छ । अनलाइनमार्फत कागजात बुझाइसकेपछि परिमार्जित वा थपघट गर्न नमिल्ने आयोगले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार ००:००  १ : १६ बजे