१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

टीम डुलुवालाई ‘मेरो गाउँ मेरो ठाउँ’ २०२३ को उपाधि



झापा-‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ मा वेस्ट भिडियो अफ द इयरको उपाधि टीम डुलुवाको ‘दि नर्थेन वालले’ जितेको छ । टीमले नगद पाँच लाखसहित भिडियो च्यालेन्ज २०२३ अवार्ड पनि प्राप्त गरेको हो ।

प्रतियोगिताको दोस्रो महत्वपूर्ण ‘जजेज च्वोइस अवार्ड’ विजेता आर्यन कुँवरको ‘मयूरी चाल’ बनेको छ । यसले नगद दुई लाखसहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड हात पारेको छ ।

प्रतियोगिताको ‘मोष्ट एर्नजेटिक भिडियो मेकर’ अवार्ड टीम डुलुवाकै ‘मेरो गाउँ तकसेरा’ ले जितेको छ । यसले एक लाख नगदसहित अवार्ड जितेको छ ।

एक भन्दाबढी भिडियो पठाउने प्रतियोगीलाई यसमा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा कुल दस वटा विधामा अवार्ड प्रदान गरिएको थियो ।

‘फ्युचर स्टार अफ दि इयर’–आदर्श पाण्डे, ‘मोष्ट पोटेन्सियल डेस्टिनेसन’–सन्दकपुर गाउँपालिका, ‘वेस्ट एडिटर’–आकाश धिमाल, ‘वेस्ट स्क्रिप्ट–भ्वाइस ओभर’–रुमण थापाले जितेका छन् ।

‘वेस्ट स्टोरी कन्सेप्ट डिरेक्सन’–सुरेशकुमार मुखिया, ‘वुनम भिडियो मेकर अफ दि इयर’–गरिमा भण्डारी र ‘वेस्ट सिनेमाटोग्राफर’–सन्तोष मालेकरले जितेका छन् ।

विजेता एक–एक लाख रुपैयाँ नगदसहित भिडियो च्यालेन्ज अवार्ड हात पारेका छन् । सन् २०२० र २०२३ मा प्राप्त २५८ भिडियो मध्येबाट विभिन्न १० विधामा ७० वटा भिडियो मनोनयन गरिएको थियो । प्रतियोगिता फाउन्डेसन र नेपाल टेलिभिजनको संयुक्त आयोजनामा भएको हो ।

राष्ट्रिय सभा गृहमा शनिबार आयोजित कार्यक्रममा फाउन्डेसनका संस्थापक तथा अध्यक्ष तुलसीकुमार गुरुङले ‘मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेन्जको पहिलो संस्करणले ओझेलमा रहेका थलोहरु उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

फाउन्डेसनका निर्देशक तथा कार्यक्रम संयोजक निर्मल श्रेष्ठले अर्को वर्षदेखि विदेशमा बस्ने नेपालीका लागि समेत लक्षित गरी अर्को विधा ‘मेरो गाउँ, मेरो ठाउँ इन्टरनेसनल’ थपिने बताए ।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहले पर्यटन क्षेत्रमा अगाडि बढ्न यस भिडियो च्यालेन्जले धेरै महत्वपूर्ण भूमिका खेल्ने बताए ।

वि विल राइज फाउन्डेसनले उदार भावना र महान उद्देश्यसहित यो कार्यक्रम आयोजना गरेकोमा प्रमुख अतिथि समेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले धन्यवाद व्यक्त गरे ।

अभिनेता तथा चलचित्र विकास बोर्डको अध्यक्ष भुवन केसीले यस कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म डेस्टिनेसनका लागि नेपालका सुन्दर ठाउँहरूको उजागर गरेको बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार ००:००  ६ : ५० बजे