१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

जनजागृति माविको ५५ औँ बार्षिकोत्सव




गोलधाप– झापाको हल्दिबारी १ गोलधापस्थित जनजागृति माध्यमिक विद्यालयको ५५ औँ वार्षिकोत्सव मंगलवार सम्पन्न भएको छ । विद्यालयले माघ १५ देखि १७ सम्म वार्षिकोत्सव मनाएको हो । प्रदेशसभा सदस्य छविलाल चुडालले वार्षिक समारोहको उद्घाटन गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष प्रकाश कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी मैनाली र वडाध्यक्ष देवीबहादुर थापा विशिष्ट अतिथिको रुपमा सहभागी भएका छन् ।

कार्यक्रममा वडा सदस्य शान्ता सिवाकोटी, रुपा सेञ्चुरी, जागृति क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कपिलमणि चापागाई, उपाध्यक्ष नरेन राई, क्याम्पस प्रमुख खगेन्द्र निरौला लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा विद्यालयका पूर्वअध्यक्षहरु डिल्लीराम पोखरेल, जनकबहादुर थापा, त्रिलोचन सापकोटा, कपिलमणि चापागाईँ, गोपालप्रसाद चुडाल लगायतलाई सम्मान गरिएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक इन्दिरादेवी कँडेलले बिद्यालयको भौतिक, आर्थिक तथा शैक्षिक प्रतिवेदन प्रस्तुत गरेकी छन् । कार्यक्रममा विद्यार्थीद्वारा अन्तर सदनात्मक फुटबल, भलिबल खेल तथा विभिन्न सांस्कृतिक झलक प्रस्तुत गरिएको छ ।

शिक्षक झमक तिम्सिनाले स्वागत गरेको पहिलो दिनको कार्यक्रम विद्यालयका वरिष्ठ शिक्षक रामबहादुर दाहालले सञ्चालन गरेका छन् । कार्यक्रमको दोस्रो दिन विद्यार्थीका लागि दौड, फूटबल, भलिबल, हाइजम्प, लङजम्प, ज्याब्लिङ थ्रो सटपुट लगायतका अन्तर सदन छात्र–छात्राका बेग्लाबेग्लै खेल आयोजना सम्पन्न भएका छन् ।

हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनको प्रमुख आतिथ्य तेस्रो दिनको कार्यक्रम सम्पन्न भएको छ । शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जनककुमारी राई र वडाध्यक्ष देवीबहादुर थापा विशिष्ट अतिथिका रुपमा सहभागी भएका छन् ।

विद्यार्थीलाई प्रोत्साहित गर्न जागृति क्याम्पसका प्राध्यापक मणिराज दंगालकी आमा भोजकुमारी दंगालले चारहजार, पूर्व विद्यार्थीहरु प्रवेश चुडालबाट आठहजार र प्रशान्त तिम्सिनाबाट दुई हजार रुपैयाँ प्रदान गरिएको छ ।

विद्यालयमा स्थापित रुद्रनाथ त्रिताल स्मृति अक्षय कोषका अध्यक्ष दुर्गादेवी त्रितालले विद्यालयमा कार्यरत तीनजना शिक्षकसहित उत्कृष्ट तथा जेहेन्दार १२ जना विद्यार्थीलाई पुरस्कृत गरेकी छन् ।

विद्यालय व्यवस्थापन समितिका सदस्य सोही विद्यालयका शिक्षक टीकाप्रसाद सुवेदीले अघिल्लो वर्ष कोरोना संक्रमणका कारण वार्षिकोत्सव मनाउन नपाए पनि यसवर्ष उल्लासका साथ शैक्षिक कार्यक्रमसहित मनाइएको बताए ।

‘बालबालिकाको शारीरिक, बौद्धिक तथा सामाजिक विकासका लागि विद्यालयमा यस प्रकारका कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्छन्, शिक्षक सुवेदीले भने ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार ००:००  ७ : ३७ बजे