१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

समानुपातिकतर्फ झापा १ मा काङ्ग्रेसलाई २५ हजार मत



मेचीनगर- झापाको क्षेत्र नम्वर १ मा प्रतिनिधि सभामा समानुपातिकतर्फ सबैभन्दा धेरै मत नेपाली काङ्ग्रेसले पाएको छ । काङ्ग्रेसले त्यहाँ २५४२० मत पाएको हो ।

नेकपा एमालेले २२५४७ मत पाएको छ भने माओवादी केन्द्रले ५०५७ मतमा चित्त बुझाउनु परेको छ । झापा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले १३३५० मत पाएको छ ।

राप्रपाले ५०५८ मत पाउँदा मंगोल नेशनल अर्गनाइजेसनले २०३८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा एकीकृत समाजवादीले भने ५२९ मतमा सीमित हुनुपरेको छ ।

समानुपातिक मत विवरण हेर्दा सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले आफ्नो जनाधार बलियो बनाउन नसकेको देखिएको छ । झापा १ मा समाजवादी भन्दा मंगोल नेशनल तीन गुणाले बलियो देखिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार ००:००  १ : ५६ बजे