१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पत्रकार घिमिरेलाई भौतिक कार्वाहीको धम्कीपछि महासंघको आपत्ति



बिर्तामोड- नेपाल पत्रकार महासंघ झापाले पत्रकार पूजन घिमिरेलाई धम्की दिइएको घटनाप्रति आपत्ति जनाएको छ । महासंघका सचिव डीकेश लामाले विज्ञप्ति निकालेर धम्कीको घटनाप्रति आपत्ति जनाएका हुन् ।

बीएण्डसी अस्पतालको विषयमा प्रशारित समाचारको विषयलाई लिएर विजय थापा, सरोज रिजाल लगायतले घिमिरेलाई भौतिक कार्बाहीको धम्की दिएको महासंघले जनाएको छ ।

दुर्गा प्रसाई समर्थक नामको फेसबुक पेजबाट पनि पत्रकारलाई हतोत्सायी बनाउन खोजिएको महासंघको ठहर छ ।

सचिव लामाले दोषीको पहिचान गरी कार्वाही गर्न माग गरेका छन् । उनले पत्रकारको सुरक्षामा ध्यान दिन स्थानीय प्रशासनको ध्यानाकर्षण पनि गराएका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार ००:००  ९ : ५७ बजे