१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

त्रिशुली नदीमा बस खस्दा १९ जना घाइते, उपचारका लागि काठमाडौँ लगियो



झापा– काठमाडौँबाट रुकुम जाँदै गरेको बस शनिवार साँझ त्रिशुली नदीमा खस्दा १९ जना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि काठमाडौँ लगिएको छ । बा ४ ख ५७९० नम्बरको बस त्रिशुली नदीमा खसेको हो ।

शनिबार साँझ सवा ६ बजे धादिङ बेनिघाट रोराङ गाउँपालिका–१० हुग्दिखोलास्थित पृथ्वी लोकमार्गबाट बस खसेर त्रिशूली किनारमा पुगेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी श्यामबहादुर खत्रीले बताए ।

सडकबाट खसेको बस त्रिशूली किनारमा पुगे पनि पानीमा डुबेको छैन् । बस सडकबाट दुई सय मिटर तल खसेको हो । प्रहरी चौकी जोगिमारा र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले घाइतेको उद्धार गरेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार ००:००  ९ : ३६ बजे