१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पत्रकार तीर्थराज खरेललाई पितृशोक




बिर्तामोड- पत्रकार तीर्थराज खरेललाई पितृशोक परेको छ । खरेलका बुबा कनकाई नगरपालिका–४ निवासी ईश्वरीप्रसाद खरेलको ८२ बर्षको उमेरमा शुक्रवार बिहान निधन भएको हो ।

लामो समयदेखि दम रोगबाट पीडित खरेललाई यसअघि बिर्तामोडस्थित पूर्णटुंग बिर्तासिटी हस्पिटल हुँदै विराट नर्सिङ होममा राखिएको थियो । १९९७ साल कात्तिक २० गते खरेलको जन्म भएको थियो । उनी सफल कृषकका रुपमा परिचित थिए ।

खरेलकी श्रीमती राधिकासहित तीन छोराबुहारीहरु तीर्थराज–संगीता, ईन्द्रप्रसाद–विष्णुमाया, भूमिप्रसाद–दुर्गा खरेल रहेका छन् । एक छोरी उषा (हुमा अधिकारी) र ज्वाइँ किरण अधिकारीसहित खरेलका चार नाति र तीन नातिनी रहेका छन् ।

खरेलका जेठा छोरा तीर्थराज पत्रकारसँगै कनकाई माध्यमिक विद्यालय सुरुङ्गाका सहायक प्रधानाध्यापक हुन् भने युनिक बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष तथा कनकाई सुरुङ्गा प्रेस क्लबका संस्थापक अध्यक्ष समेत रहेका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार ००:००  ८ : ०२ बजे