१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मोरङको सुन्दरहरैँचामा जलेर एक जनाको मृत्यु



विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–११ बेलेपुरस्थित एउटा घरमा बुधबार राति आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ ।

काठ र इँटा प्रयोग गरेर बनाइएको तथा टिनको छानो भएको बालकृष्ण गिरीको दुई तले घरमा राति ११ बजेतिर आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आगलागीमा परेर घरभित्र सुतिरहेका सुन्दरहरैँचा–११ का ३८ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको हो । 

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार ००:००  ८ : ५१ बजे