१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

साहित्यकार भवानी क्षेत्रीको कविता संग्रह बिमोचन




बिर्तामोड-साहित्यकार भवानी क्षेत्रीको ढुङ्गा, माटो र म कविता संग्रह शनिवार बिमोचन भएको छ । बिर्तामोडमा आयोजित समारोहका बीच साहित्यकार मिश्र वैजयन्तीले कविता संग्रह विमोचन गरेकी हुन् ।

प्रगतिशील लेखक संघ झापाको आयोजनामा भएको कार्यक्रममा विभिन्न साहित्यिक प्रतिभाको उपस्थिति छ । निरन्तर लेखन र साहित्य साधनामा सक्रिय रहँदै आएकी क्षेत्रीको यो चौथो साहित्यिक कृति हो ।

प्रकृतिको एउटा आधारशीलाका रुपमा ढुंगा र माटोलाई लिइन्छ । माटोमा अडेको जीवनमा जीवन्त बनेर लेखिएका कविता क्षेत्रीले संग्रह गरेकी छन् । विमोचित कृतिमा उनका वटा कविता समेटिएका छन् ।

यसअघि क्षेत्रीको ‘सुनामी’ कविता सङ्ग्रह, ‘आमा’ निवन्ध सङ्ग्रह र ‘उजेली’ कथा सङ्ग्रह प्रकाशित भइसकेका छन् । झापाली साहित्यिक अभियानमा क्षेत्री अब्बल प्रतिभाका रुपमा परिचित छिन् ।

साहित्यकार देवीचरण भण्डारी क्षेत्रीलाई जन्मदिनको शुभकामना दिँदै सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘दिदीलाई अन्तर हृदयदेखि नै वधाई छ। दिदीको साहित्यिक यात्रा उजेली कथा सङ्ग्रहझैँ उजेलिएर जाओस् ।’

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार ००:००  ११ : ५८ बजे