- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
बिर्तामोड– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा एमालेको बिजयलाई कसैले रोक्न नसक्ने बताएका छन् ।
झापाको हल्दिबारी १ गोल्धापमा नेकपा एमालेले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको जीत रोक्ने ल्याकत कसैसँग नभएको बताए ।
अध्यक्ष ओलीले एमाले नेतृत्वमा मात्रै बिकास सम्भव भएकोले बिकासका लागि एमालेलाई बिजयी गराउनु पर्ने बताए । एमाले विरुद्ध बनाइएको गठबन्धनले एमाले हराउछु भन्ने सोच नबनाए हुन्छ, अध्यक्ष ओलीले भने, दुई होस् या पाँच दल होस्, एमालेले कररयाकुरुक बनाइदिन्छ ।
झापाको हल्दिबारीमा एमालेको जीत सुनिश्चित भएको भन्दै ओलीले यहाँको बिकासका लागि जिम्मेवार हुने पार्टी एमाले भएको बताए । कार्यक्रममा एमाले अध्यक्ष ओली, उपाध्यक्ष सुवास नेम्वाङ, झापा इन्चार्ज अग्नि खरेल, अध्यक्ष पदका उम्मेदवार डम्वर गिरीले सम्बोधन गरेका थिए ।