१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

इन्धनको खपत २० प्रतिशत घटाउने लक्ष्य



झापा– सरकारी सुविधाको इन्धन कटौती हुने भएको छ । पेट्रोलियम पदार्थ व्यवस्थापनका लागि सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा गएको हो ।

पेट्रोलियम पदार्थको खपत २० प्रतिशत कम हुने गरी कटौती योजना बनाइएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

विलासिताका वस्तु आयात निरुत्साहित गर्ने, रेमिट्यान्स बढाउन श्रमिकहरुको सञ्चित लगानी कोष स्थापना गर्ने र विदेशमा रहेका कामदारलाई आईपिओ र एफपीओमा कोटा छुट्याउने निर्णय पनि मन्त्रिपरिषदमा गएको उनले बताए ।

अर्थमन्त्री शर्माले सातामा दुई दिन सार्वजनिक बिदा दिनेगरी पेट्रोलियम पदार्थको खपत घटाउनेबताए । उनले भने, ‘ ‘पेट्रोलियम पदार्थको खपत घटाउन सातामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा गएकोछ ।’

सातामा दुई दिन सार्वजनिक बिदा दिँदा निजी प्रयोजनका लागि खपत हुँदै आएको पेट्रोलियम पदार्थको खपत घट्ने अनुमान सरकारको छ ।

सार्वजनिक विदामा सरकारी लगायत विभिन्न कार्यालय बिदा हुने र त्यो दिन प्रयोग हुने पेट्रोलियम जोगिने प्रक्षेपणसहित सरकारले सातामा दुई दिन विदा दिएर २० प्रतिशतसम्म पेट्रोलियमको खपत घटाउने योजना बनाएको हो ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार ००:००  ८ : ३३ बजे