- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
बिर्तामोड– पवित्रा–भेषराज खतिवडा स्मृति प्रतिष्ठानले भरत भूर्तेल स्मृति पत्रकारिता पुरस्कार इन्दु पूर्वेलीलाई प्रदान गरेको छ । आज आयोजित समारोहका बीच उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
पूर्वेली डेढ दशकदेखि झापाको पत्रकारितामा सक्रिय छिन् । पुरस्कारको राशि २५ हजार रुपैयाँ छ । प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाको अध्यक्षता तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
प्रतिष्ठानले भद्रपुरको जनजागृति माविलाई नगद ५१ हजार राशीको पवित्रा–भेषराज खतिवडा पुरस्कार प्रदान गरेको छ । पुरस्कृत प्रतिभाहरुको घोषणा पुरस्कार छनौट समितिका अध्यक्ष चन्द्र भण्डारीले गरेका हुन् । प्रतिष्ठानका सचिव शिरो सान्दाई खतिवडाले कार्यक्रम सञ्चालन गरेका थिए ।