१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बाल कल्याण गृहलाई आर्थिक सहयोग




संखुवासभा–खाँदबारी–७ मा रहेको बाल कल्याण गृहलाई आर्थिक सहयोग प्राप्त भएको छ। ‘मोटे मोटी मोटे’ फिल्म ‘च्यारिटी सो’बाट संकलन भएको रकममध्ये ३५ हजार रुपैयाँ शनिबार बाल गृह सञ्चालनका लागि निर्माता तथा निर्देशक याम लिम्बुले हस्तान्तरण गरेका हुन्।

१० जना बालबालिका रहेको बाल गृह सञ्चालनका लागि सो रकम हस्तान्तरण गरेको निर्देशक लिम्बुले बताए। मलेसिया र सिंगापुरमा च्यारिटी सो गरेर संकलन भएको रकममध्ये अनाथ बालबालिकाहरुलाई सहयोग गरेको उनले जानकारी गराए। लिम्बुले ३५ हजार रुपैयाँ बाहेक प्रत्येक बालबालिकालाई पाँच सय रुपैयाँसमेत दशैं खर्च दिएका छन्।

मकालु त्रिशक्ति समुहद्धारा सञ्चालित बाल गृह सञ्चालनमा आर्थिक अभाव हुँदा बालबालिकाको अध्ययन र व्यवस्थापनमा समस्या हुने गरेको बाल गृहका संयोजक सरोज श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार ००:००  ७ : ४० बजे