- संस्थापनइतरको मुख्य मागमै सभापति थापाको गम्भीर असन्तुष्टि
- झापाका सञ्चारमाध्यम आर्थिक संकटमा : आम्दानी र खर्च असन्तुलित
- गौरीगञ्जमा सर्पको टोकाइबाट वृद्धाको मृत्यु
- परियारले सम्हाले सचिवको कार्यभार
- झापामा लागूऔषधविरुद्ध अभियान सुरु
बिर्तामोड-बिर्तामोड नगरपालिकामा दुई दिनका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने भएका छन् । नगरपालिकाले बिहीबार र शुक्रबार अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने जनाएको छ ।
नगर सभाको तयारी गर्नुपर्ने भएका कारण दुई दिनका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने जानकारी दिनुभयो ।
असार १० गते बिर्तामोड नगरपालिकाले नगरसभा आयोजना गर्ने तयारी गरेको छ । ९ गते नगर सभाको पूर्व तयारी गर्नुपर्ने भएकाले नियमित कार्य सम्पादन रोकिने भएकाे हाे ।
दमकल, एम्बुलेन्स र शववाहन लगायतको सेवा भने अवरुद्ध नहुने नगरपालिकाले जनाएको छ ।



















