- सरोज ओली स्मृतिग्रन्थ प्रकाशित
- जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
- मोरङमा चालक सुध्रिए : कारवाही न्युन !
- सिएम शर्मालाई डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार
- एमालेलाई एक्ल्याउने प्रयास भइरहेको छ : केपी ओली
बिर्तामोड– बिर्तामोडको ३ नम्वर वडाभित्रका सुत्केरी महिलालाई पोषण सामग्री दिइने भएको छ । वडा कार्यालयले मातृशिशु सहायताका लागि यस्तो निर्णय गरेको हो ।
वडाध्यक्ष मदन बुढाथोकीले वडाभित्रका सुत्केरीलाई १५ सय रुपैयाँ बराबरको पोषण सामग्री दिने निर्णय भएको बताए ।
सुत्केरी भएको ३५ दिनभित्र वडा कार्यालयमा आएर शिशुको जन्मदर्ता दर्ता गरेका सुत्केरी महिलाले पोषणयुक्त खाद्य सामग्री पाउने सम्वन्धी पहिलो निर्णयमा अध्यक्ष बुढाथोकीले हस्ताक्षर गरेका हुन् ।
वडा नम्वर–३ मा बुढाथोकीको नेतृत्वमा हरिप्रसाद वाँस्कोटा, भागिमान लिम्बू , धनसरी राजवंशी, लक्ष्मी रोक्का सार्कीको एमाले प्यानल बिजयी भएको थियो ।


















