४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026

‘ठूला दलको गलत अभ्यासले देश नरहने चिन्ता’



बिर्तामोड–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पैसाको प्रलोभनमा परेर ठूला राजनीतिक शक्तिलाई मतदान गर्दा देश थप संकटमा फस्ने बताएका छन् ।

झापाको अर्जुनधारामा आज आयोजित चुनावी सभालाई सम्वोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले यस्तो धारणा राखेका हुन् ।

काङ्ग्रेस माओवादीको गलत राजनीतिक अभ्यासका कारण देश रहने कि नरहने भन्ने अवस्था सिर्जना भएको अध्यक्ष लिङ्देनले बताए । उनले भरोसायोग्य राजनीतिक शक्तिका रुपमा राप्रपालाई मत दिन सार्वजनिक रुपमा अपिल पनि गरे ।

अध्यक्ष लिङ्देनले काङ्ग्रेस एमाले र माओवादीभित्रका इमान्दार कतिपय नेता कार्यकर्तालाई अहिलेको गलत राजनीतिक अभ्यास र संस्कारका कारण ऐठन हुने गरेको बताए ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार ००:००  ४ : ५० बजे