- झापा इनर्जी शेयर निष्कासनकाे अन्तिम तयारीमा
- बिर्तामोडमा क्षयरोगका ‘लुकेका’ बिरामी खोज्न तीनदिने अभियान
- धरमपुरमा खानेपानी आयोजनाको ट्रान्सफर्मर चोरी : धारामा आएन पानी
- पूर्वेली ढुवानीको यात्रामा थपिए दुई शक्तिशाली ‘सारथी’
- वैदेशिक रोजगारीमा झापाको कहालीलाग्दो तथ्याङ्क : तीन वर्षमा १९५ जनाको मृत्यु
झापा– नेपाली कांग्रेसका हुकुमसिंह राईले झापाको कमल गाउँपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा ८ हजार २७५ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी एमालेकी मेनुका काफ्लेले पनि त्यति नै मत ल्याएकी थिइन् । मत बराबरी भएपछि निर्वाचन आयोगले गोला गर्ने निधो गर्यो ।
गोलामा राई पराजित भए । उनी निरास भएनन् । यो पाँच वर्षमा जनताका समस्यासँग नजिक भए । यसपटक पनि उम्मेदवार बनेका राईले भारी मतका साथ विजयी भएका छन् ।
केन्द्रको पाँचदलीय गठबन्धन पूर्ण कार्यान्वयन भएको झापाको एक मात्र स्थानीय तह कमल गाउँपालिकामा उनले यसपटक १२ हजार ५६८ मत ल्याए । जब कि उनका प्रतिद्वन्द्वी एमालेका भीम राईले ९ हजार ६५३ मत प्राप्त गरे । यद्यपि उपाध्यक्षमा भने गठबन्धन पराजित भयो ।
गठबन्धनका तर्फबाट माओवादीका पर्शुराम सुवेदीलाई एमालेकी प्रमिला न्यौपानेले पराजित गरिन् । न्यौपानेले १० हजार ८४५ मत ल्याउँदा सुवेदीले ८ हजार ३७१ मत मात्र पाए । राईले आफ्नो पहिलो प्राथमिकता सुकुमबासी समस्या समाधान रहेको बताए ।