- निवर्तमान सभामुख देवराज घिमिरेद्वरा बाल कल्याण आधारभूत विद्यालयबाट मतदान
- आफ्नो विजय सुनिश्चित भएको घिमिरेको दाबी : परिणामको पर्खाइमा रहेको प्रतिक्रिया
- महाकाली सन्धिमा हस्ताक्षर नगरेको देवराज घिमिरेको स्पष्टोक्ति
- कांग्रेसको प्रतिज्ञा : वार्षिक ३० लाख पर्यटक भित्र्याउने योजना
- पर्यटन प्रवर्द्धन गर्न ‘घुमौँ झापा साइकलमा’ आयोजना हुने
झापा– नेपाली कांग्रेसका हुकुमसिंह राईले झापाको कमल गाउँपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा ८ हजार २७५ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी एमालेकी मेनुका काफ्लेले पनि त्यति नै मत ल्याएकी थिइन् । मत बराबरी भएपछि निर्वाचन आयोगले गोला गर्ने निधो गर्यो ।
गोलामा राई पराजित भए । उनी निरास भएनन् । यो पाँच वर्षमा जनताका समस्यासँग नजिक भए । यसपटक पनि उम्मेदवार बनेका राईले भारी मतका साथ विजयी भएका छन् ।
केन्द्रको पाँचदलीय गठबन्धन पूर्ण कार्यान्वयन भएको झापाको एक मात्र स्थानीय तह कमल गाउँपालिकामा उनले यसपटक १२ हजार ५६८ मत ल्याए । जब कि उनका प्रतिद्वन्द्वी एमालेका भीम राईले ९ हजार ६५३ मत प्राप्त गरे । यद्यपि उपाध्यक्षमा भने गठबन्धन पराजित भयो ।
गठबन्धनका तर्फबाट माओवादीका पर्शुराम सुवेदीलाई एमालेकी प्रमिला न्यौपानेले पराजित गरिन् । न्यौपानेले १० हजार ८४५ मत ल्याउँदा सुवेदीले ८ हजार ३७१ मत मात्र पाए । राईले आफ्नो पहिलो प्राथमिकता सुकुमबासी समस्या समाधान रहेको बताए ।















