- बस दुर्घटनामा तीन जनाको मृत्यु
- इटहरीकाे सेन्टर प्लाजामा आगलागी : नाै जनाको उद्धार, आगाे निभाउन १२ वटा दमकल परिचालन
- माध्यमिक शिक्षा परीक्षामा आठ हजार विद्यार्थी अनुपस्थित
- मान्छे किन्ने बेच्नेलाई २० वर्ष कैद र ५ लाख जरिवानाको प्रस्ताव
- १० वर्षमा ८२ लाख नागरिक बसाईं सरे : पहाड छोड्नेको सङ्ख्या अत्याधिक
बुधवारे– झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेसका मनोज प्रसाई विजयी भएका छन् । प्रसाईले ३,१०१ मतान्तरले नेकपा एमालेकी मीरा भूर्तेललाई पराजित गरेका हुन् ।
प्रसाईले ११,४०३ मत प्राप्त गर्दा भूर्तेलले ८,३०२ मतमा चित्त बुझाउनु परेको छ । भूर्तेल यसअघि गाउँपालिका उपाध्यक्ष थिइन् । कार्य सम्पादन मूल्याङ्कनका आधारमा एमालेले उनलाई गाउँपालिकामा दोस्रो कार्यकालका लागि टिकट दिएको थियो ।
उपाध्यक्षमा नेकपा एमालेका भवानीप्रसाद खतिवडा निर्वाचित भएका छन् । खतिवडाले माओवादी केन्द्रका खड्गप्रसाद तिम्सिनालाई २,८५८ मतले पराजित गरेका हुन् । खतिवडाले ८,०७४ मत ल्याउँदा तिम्सिनाले ५,२१६ मत ल्याएका छन् ।
सातवटा वडा रहेको बुद्धशान्तिमा २, ४, ५ र ६ नेपाली काङ्ग्रेसले जितेको छ भने १, ३ र ७ एमालेले जितेको छ । यसअघि पनि बुद्धशान्तिमा अध्यक्ष काङ्ग्रेस र उपाध्यक्ष एमालेले जितेको थियो ।