- संविधान दिवसमा एमालेको रक्तदान : ६१ जनाले दिए रगत
- भोटेकोशी बाढी : मृतकको सम्झनामा दीप प्रज्वलन
- एमाले कार्यदलको प्रतिवेदन अन्तिम चरणमा, सचिवालय हुँदै केन्द्रीय कमिटीमा लैजाने तयारी
- ३० वर्षमाथिकालाई जेई खोप लगाउँदै शिवसताक्षी, झापामा ७ जनाको मृत्यु
- पूर्वेली ढुवानी सेवाद्वारा उत्कृष्ट चालकलाई सम्मान : बोनम्यारो पीडित बालकलाई ११ हजार सहयोग
बुधवारे– झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेसका मनोज प्रसाई विजयी भएका छन् । प्रसाईले ३,१०१ मतान्तरले नेकपा एमालेकी मीरा भूर्तेललाई पराजित गरेका हुन् ।
प्रसाईले ११,४०३ मत प्राप्त गर्दा भूर्तेलले ८,३०२ मतमा चित्त बुझाउनु परेको छ । भूर्तेल यसअघि गाउँपालिका उपाध्यक्ष थिइन् । कार्य सम्पादन मूल्याङ्कनका आधारमा एमालेले उनलाई गाउँपालिकामा दोस्रो कार्यकालका लागि टिकट दिएको थियो ।
उपाध्यक्षमा नेकपा एमालेका भवानीप्रसाद खतिवडा निर्वाचित भएका छन् । खतिवडाले माओवादी केन्द्रका खड्गप्रसाद तिम्सिनालाई २,८५८ मतले पराजित गरेका हुन् । खतिवडाले ८,०७४ मत ल्याउँदा तिम्सिनाले ५,२१६ मत ल्याएका छन् ।
सातवटा वडा रहेको बुद्धशान्तिमा २, ४, ५ र ६ नेपाली काङ्ग्रेसले जितेको छ भने १, ३ र ७ एमालेले जितेको छ । यसअघि पनि बुद्धशान्तिमा अध्यक्ष काङ्ग्रेस र उपाध्यक्ष एमालेले जितेको थियो ।


















