- जन्मदिनमा क्यान्सरपीडितलाई भट्टराईको सहयोग
- ‘व्यवसायी सदस्य राहत कोष’ मा युवा व्यवसायी भट्टराईको दोस्रो सहयोग
- बिर्तामोडमा बेच्न राखिएको रायोको सागमा विषादीको मात्रा अत्याधिक
- भदौ २४ को घटना ढाकछोप भइरहेको कांग्रेसको आरोप
- झापा कारागारका कैदीको उपचारका क्रममा मृत्यु
झापा- झापाको शिवसताक्षी नगरपालिकाको मतगणनामा विवाद भएपछि निर्वाचन अधिकृतलाई कारबाही गरिएको छ । कारबाही स्वरुप शिवसताक्षीमा खटिएका निर्वाचन अधिकृत ऋषि पौडेललाई फिर्ता बोलाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
शिवसताक्षी–१ मा ५४ मत हराएपछि विवाद उत्पन्न भएको हो । उक्त वडामा निर्वाचनका दिन ३ हजार ८२ मत खसेको मुचुल्का छ ।
तर, निर्वाचन अधिकृतको कार्यालयले आइतबार दिउँसो ३ हजार २८ मतपत्र मात्र गणना गरी अन्तिम नतिजा सार्वजनिक गरेको भन्दै पार्टी प्रतिनिधिहरुले विरोध जनाएका थिए ।
विवादका कारण आइतबार साँझदेखि गणना कार्य रोकिएको छ । पौडेललाई फिर्ता बोलाएर मधु पोखरेललाई नयाँ अधिकृतका रुपमा शिवसताक्षी खटाइएको निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले जानकारी दिए ।
निर्वाचन अधिकृतको कार्यालयले आइतबार शिवसताक्षी–१ मा वडाध्यक्षसहित एमालेको प्यानल नै निर्वाचित भएको मत परिणाम सार्वजनिक गरेको थियो ।
तर, ५४ मत हराएको भन्दै उक्त वडामा कानुनले सम्भव भए पुन मतदान नभए पनि पुन मतगणना गर्नुपर्ने कांग्रेस–माओवादी गठबन्धनको माग छ ।
‘५४ मत हराएको भन्नेबारे हाम्रो ध्यानाकर्षण भएको छ । त्यस विषयमा के गर्ने भन्ने कानुनी व्यवस्था छ । हामी त्यहीअनुसार अघि बढ्ने प्रक्रियामा छौं’ अधिकृत नेपालले भने ।
















