- सार्वजनिक खरिदमा कानुन नबुझी काम गर्न हुँदैन : नगर प्रमुख थोप्रा
- काँकडभिट्टामा ‘न्यू होटल हिकोला हेरिटेज’ सञ्चालनमा रोक लगाउन उद्योग विभागको आदेश
- सार्वजनिक खरिदमा स्थानीय तहलाई ‘कानुनको पाठ’ : शिवसताक्षीमा चारदिने अभिमुखीकरण
- कोशी सरकारमा माओवादीको इन्ट्री
- स्थानीय विकासमा पत्रकारिता बलियो बनाउन सरोकारवालाको जोड
झापा– बिर्तामोड नगरपालिकामा नेपाली काङ्ग्रेस नेतृत्वको गठबन्धनका उमेद्वार भोजराज सिटौलाले जातीय विभेदको अन्त्य प्रतिबद्धतामा होइन, व्यवहारमा गरिनुपर्ने बताएका छन् । बिर्तामोड–७ को फक्ताङलुङ टोलमा आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै सिटौलाले यस्तो बताएका हुन् ।
उनले गठबन्धनको सरकार आए धुलो उडेको बाटो हेरेर बस्नु नपर्ने प्रतिबद्धता व्यक्त गरे । उपप्रमुखका उम्मेदवार सिपी कडरियाले सिताराम टोलमा थप सिँचाई सुविधा पुर्याउने, बुट्टाबारी पकलीभट्टी सडक कालोपत्रे गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरे ।
वडाध्यक्षका उम्मेदवार कृष्णप्रसाद लिम्बूले आफु विभिन्न संघसंस्था तथा सामुदायिक वनको कार्यसमितिमा रहेर काम गरिसकेकाले यहाँको आवश्यकता राम्ररी बुझेको बताए ।
गठबन्धनका तर्फबाट वडा नम्बर ७ मा वडाध्यक्ष लिम्बु, महिला सदस्य मिठु आचार्य, दलित महिला सदस्य सीता चर्माकार, वडा सदस्यहरु बीरबहादुर लिम्बू (अंगु) र पारसमणि दुलाल चुनावी मैदानमा छन् ।


















