- ओलीलाई पक्राउ गर्न झापाका पत्रकार संगठनको संयुक्त माग
- पुष्पलाल इन्भेस्टमेन्टको १५ लाख कित्ता आइपीओ आउँदै
- एकैदिन तोलामा ४ हजार २ सयले उक्लियो सुन
- विदेशी विमानस्थलबाट श्रमिक पठाउने ३९ म्यानपावर कारबाहीमा
- ओलीको दबाब अस्वीकार गर्दै कार्कीको अडान- ‘राजीनामा दिन्नँ’
झापा– निर्वाचनको मौन अवधिमा कास्कीमा रक्सी खान नपाइने भएको छ । स्थानीय प्रशासनले रक्सी लगायतका मदिराजन्य पदार्थ बेच्न नपाइने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले निर्वाचनको मौन अवधिभर मदिराजन्य सामग्री विक्री वितरण गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाउँदै निर्देशन पालना गर्न भनेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न मौन अवधिभर मदिराजन्य सामग्रीको विक्रीमा रोक लगाइएको बताए ।
प्रशासनले रात्रीकालीन व्यवसायमा समेत गर्ने जनाएको छ । पोखराका पर्यटन व्यवसायीले स्थानीय प्रशासनको निर्णय आफूहरुले मान्ने बताएका छन् । सरकारको निर्देशन पालना गर्ने व्यवसायीको बचन प्राप्त भएको सहायक प्रजिअ शाहीले बताए ।


















