- घिसिङलाई हटाउने निर्णयप्रति कांग्रेस महामन्त्री शर्माको आपत्ति
- कुलमानलाई पदमुक्त गर्ने सरकारको निर्णय
- एक्सेल विकास बैंकको साधारण सभा : वित्तीय दायरा फराकिलो बनाउने बाटो खुला
- पत्रकार महासंघद्वारा प्रेस काउन्सिलका पूर्वअध्यक्ष बस्नेतको निधनमा दुःख व्यक्त
- राप्रपाभित्र आन्दोलनको नेतृत्वको विषयमा विवाद
मोरङ–स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा मोरङ प्रशासनले जिल्लाका मतदानस्थलको निरीक्षण तथा अनुगमन गरेको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको नेतृत्वमा रहेको टोलीले भारतसँगको सीमा क्षेत्रमा रहेकासहित जिल्लाका ३६ वटा मतदानस्थलको निरीक्षण गरेको हो।
प्रमुख जिल्ला अधिकारी दाहालले सुरक्षाका दृष्टिकोणले आउँदो निर्वाचनलाई लिएर मोरङका मतदानस्थललाई तीन भागमा विभाजन गरिएको जानकारी दिए। उनका अनुसार मोरङमा अति संवेदनशील, संवेदनशील र सामान्य गरेर मतदानस्थललाई विभाजन गरिएको छ।
मोरङमा ३ सय मतदानस्थल र ८ सय २० वटा मतदान केन्द्र छन्। जिल्लामा ७ लाख १५ हजार २ सय २३ जना कुल मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मोरङले जनाएको छ । मतदातामध्ये महिलाको संख्या ३ लाख ५१ हजार ७ सय ६९, पुरुष ३ लाख ६३ हजार ४ सय ४८ र अन्यमा ६ जना छन् ।