- चन्द्रगढी महिला गोल्डकप : आर्मीको फराकिलो जित, आरएस पोखरा बाहिरियो
- झापामा कांग्रेसको ‘जरा अभियान’ : क्रियाशील सदस्यता डिजिटल अद्यावधिक गरिने
- अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध घोषित कार्यक्रम एमालेद्वारा स्थगित
- चैतमा ६१ हजार भन्दाबढी नेपाली वैदेशिक रोजगारीमा
- सर्वोच्चद्वारा निर्वाचन आयोगको निर्णय सदर : गगन समूहलाई आधिकारिकता
मोरङ–स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा मोरङ प्रशासनले जिल्लाका मतदानस्थलको निरीक्षण तथा अनुगमन गरेको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको नेतृत्वमा रहेको टोलीले भारतसँगको सीमा क्षेत्रमा रहेकासहित जिल्लाका ३६ वटा मतदानस्थलको निरीक्षण गरेको हो।
प्रमुख जिल्ला अधिकारी दाहालले सुरक्षाका दृष्टिकोणले आउँदो निर्वाचनलाई लिएर मोरङका मतदानस्थललाई तीन भागमा विभाजन गरिएको जानकारी दिए। उनका अनुसार मोरङमा अति संवेदनशील, संवेदनशील र सामान्य गरेर मतदानस्थललाई विभाजन गरिएको छ।
मोरङमा ३ सय मतदानस्थल र ८ सय २० वटा मतदान केन्द्र छन्। जिल्लामा ७ लाख १५ हजार २ सय २३ जना कुल मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मोरङले जनाएको छ । मतदातामध्ये महिलाको संख्या ३ लाख ५१ हजार ७ सय ६९, पुरुष ३ लाख ६३ हजार ४ सय ४८ र अन्यमा ६ जना छन् ।
















