- ‘व्यवसायी सदस्य राहत कोष’ मा युवा व्यवसायी भट्टराईको दोस्रो सहयोग
- बिर्तामोडमा बेच्न राखिएको रायोको सागमा विषादीको मात्रा अत्याधिक
- भदौ २४ को घटना ढाकछोप भइरहेको कांग्रेसको आरोप
- झापा कारागारका कैदीको उपचारका क्रममा मृत्यु
- अर्जुनधारामा वडास्तरीय फुटबल : वडा नम्बर ११ क्वाटरफाइनलमा
झापा– कोरोना भाइरसको फैलिँदाे प्रभावका कारण मानवीय क्षतिका घटना बढेका छन् । संक्रमण फैलिन थालेपछि मृत्युका घटना समेत बढ्दै गएका हुन् ।
चौथो लहरको संक्रमण सुरु भएसँगै मानवीय क्षतिका घटना पनि बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर समिर अधिकारीले साउन महिनामा मात्रै कोरोना सङ्क्रमणका कारण ३६ जनाको मृत्यु भएको जानकारी दिए ।
संक्रमणबाट मृत्यु हुने अधिकांश नागरिक खाेप नलगाएका र दीर्घ रोगी छन् । सङ्क्रमणबाट मृत्यु हुने ७५ प्रतिशत भन्दा बढीले खोप नलगाएको पाइएको डाक्टर अधिकारीले बताए ।
















