- बिर्तामोड पूर्णखोप सुनिश्चित पालिका घोषित
- बिर्तामोडको बजेट १ अर्ब १५ करोड : पूर्वाधारमा सबैभन्दा बढी लगानी
- संस्थापनइतरको मुख्य मागमै सभापति थापाको गम्भीर असन्तुष्टि
- झापाका सञ्चारमाध्यम आर्थिक संकटमा : आम्दानी र खर्च असन्तुलित
- गौरीगञ्जमा सर्पको टोकाइबाट वृद्धाको मृत्यु
बिर्तामोड-अमेरिकी सरकारले नेपाललाई कोभिड–१९ विरुद्धको २२ लाख मात्रा खोप प्रदान गरेको छ । नेपालका पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई लक्षित गरी अमेरिकाले खोप अनुदानका रूपमा उपलब्ध गराएको हो ।
बाल फाइजर खोप अभियानको तयारी स्वरूप अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) ले ५६ जिल्लामा स्वास्थ्यकर्मीलाई खोप लगाउने प्रशिक्षण प्रदान गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सहयोग गरेर अभियानमा सघाउँदै आएको छ ।
यसअघि अमेरिकी सरकारले नेपाललाई फाइजर खोपका २२ लाख ६० हजार मात्रा र जोन्सन एन्ड जोन्सनको एकल मात्रा खोपको १५ लाख मात्रा अनुदानमा दिइसकेको छ ।
यस अनुदानले अमेरिका र नेपालबीचको ७५ वर्ष लामो कूटनीतिक सम्बन्धको सम्मान गरेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
नेपालको स्वास्थ्य क्षेत्रमा जारी अमेरिकाको सहयोग दुईपक्षीय साझेदारीका सशक्त परिणाम प्रतिविम्बित गर्ने दूतावासले जारी गरेको वक्तव्यमा उल्लेख छ ।



















