- पाँचथरमा हेवा खोलाकाे बेलिब्रिज भत्किँदा तीनजना श्रमिकको मृत्यु
- झापा इनर्जी शेयर निष्कासनकाे अन्तिम तयारीमा
- बिर्तामोडमा क्षयरोगका ‘लुकेका’ बिरामी खोज्न तीनदिने अभियान
- धरमपुरमा खानेपानी आयोजनाको ट्रान्सफर्मर चोरी : धारामा आएन पानी
- पूर्वेली ढुवानीको यात्रामा थपिए दुई शक्तिशाली ‘सारथी’
बिर्तामोड-अमेरिकी सरकारले नेपाललाई कोभिड–१९ विरुद्धको २२ लाख मात्रा खोप प्रदान गरेको छ । नेपालका पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई लक्षित गरी अमेरिकाले खोप अनुदानका रूपमा उपलब्ध गराएको हो ।
बाल फाइजर खोप अभियानको तयारी स्वरूप अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) ले ५६ जिल्लामा स्वास्थ्यकर्मीलाई खोप लगाउने प्रशिक्षण प्रदान गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सहयोग गरेर अभियानमा सघाउँदै आएको छ ।
यसअघि अमेरिकी सरकारले नेपाललाई फाइजर खोपका २२ लाख ६० हजार मात्रा र जोन्सन एन्ड जोन्सनको एकल मात्रा खोपको १५ लाख मात्रा अनुदानमा दिइसकेको छ ।
यस अनुदानले अमेरिका र नेपालबीचको ७५ वर्ष लामो कूटनीतिक सम्बन्धको सम्मान गरेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
नेपालको स्वास्थ्य क्षेत्रमा जारी अमेरिकाको सहयोग दुईपक्षीय साझेदारीका सशक्त परिणाम प्रतिविम्बित गर्ने दूतावासले जारी गरेको वक्तव्यमा उल्लेख छ ।