१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

२४ घण्टामा थपिए ८५ जना कोरोना संक्रमित




झापा-पछिल्लो २४ घण्टामा देशभर ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १ हजार ४ सय २ जनाको नमुना परीक्षण गर्दा ८५ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २७ जना सङ्क्रमित निको भएका छन् । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ५८ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा २ लाख ७५ हजार ६१ जनाले कोरोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त भएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार ००:००  ९ : ०६ बजे