२६ मंसिर २०८२, बिहिबार | Fri Dec 12 2025

सार्वजनिकस्थलमा अनिबार्य रुपमा मास्क प्रयोग गर्न सरकारको निर्देशन



बिर्तामाेड-सरकारले सार्वजनिकस्थलमा अनिबार्य रुपमा मास्क प्रयोग गर्न निर्देशन दिएको छ । भारत लगायतका छिमेकी देशमा कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले यस्तो निर्देशन दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर अनिबार्य रुपमा मास्क प्रयोग गर्नुपर्ने जनाउँदै भौतिक दूरी कायम गर्न पनि आग्रह गरेको छ ‌। मन्त्रालयका प्रवक्ता डाक्टर सञ्जयकुमार ठाकुरले सबै किसिमका स्वास्थ्य मापदण्ड पालना गर्न अपिल गरिएको जनाएका छन् ।

मन्त्रालयले भीडभाड हुने स्थानमा विशेष सतर्कता अपनाउन समेत सार्वजनिक रुपमा अपिल गरेको छ । भारत र चीन लगायतका मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएपछि मन्त्रालयले खुला सीमामा भइरहेको आवतजावतमा समेत ख्याल गर्न निर्देशन दिएको छ ‌।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार ००:००  ६ : ४३ बजे