- ओलीलाई पक्राउ गर्न झापाका पत्रकार संगठनको संयुक्त माग
- पुष्पलाल इन्भेस्टमेन्टको १५ लाख कित्ता आइपीओ आउँदै
- एकैदिन तोलामा ४ हजार २ सयले उक्लियो सुन
- विदेशी विमानस्थलबाट श्रमिक पठाउने ३९ म्यानपावर कारबाहीमा
- ओलीको दबाब अस्वीकार गर्दै कार्कीको अडान- ‘राजीनामा दिन्नँ’
दमक– दमक नगरका नवनिर्वाचित मेयर राम थापाले छ महिनाभित्र सुकुम्वासीलाई धनीपूर्जा दिन नसके नगरपालिका छोड्ने घोषणा गरेका छन् ।
‘छ महिनाभित्र मैले धनीपूर्जा दिन सकिन भने सात महिनामा मलाई नगरपालिकामा देख्नु हुने छैन,’ शुक्रवार आयोजित बिजय जुलुसपछिको कोणसभामा मेयर थापाले भने ।
मेयर थापाले सुकुम्बासीमाथि जनप्रतिनिधिले घात गरेको बताए । अघिल्ला जनप्रतिनिधिले राष्ट्रिय भूमि आयोगले दिएको फारमसम्म सुकुम्बासीमाझ नपुर्याएको उनको आरोप छ ।
थापाले नगरबाट पाउने सेवा सुविधा नलिने घोषणा गरेका पनि छन् । ‘नगरपालिकाबाट नगरप्रमुख भएबापत ४० हजार रुपैयाँ जति आउँछ । त्यो म लिन्नँ,’ नवनिर्वाचित मेयर थापाले भने, ‘यो गरिब जनताको शिक्षा, स्वास्थ्यमा खर्च गर्नेछु ।’


















