- बिर्तामाेडमा एमालेको सामूहिक देउसी : दुई लाख रुपैयाँ संकलन
- झापाको दमकमा बस दुर्घटना : एक जनाको मृत्यु
- संसद विघटन विरुद्ध परेका रिटमाथि सर्वोच्चमा आजदेखि सुनवाई
- शिवसताक्षीमा रात्रिबस दुर्घटना : १९ जना यात्रु घाइते
- एलभिडी झापा महिला गोल्डकपको मुख्य प्रायोजक
दमक– दमक नगरका नवनिर्वाचित मेयर राम थापाले छ महिनाभित्र सुकुम्वासीलाई धनीपूर्जा दिन नसके नगरपालिका छोड्ने घोषणा गरेका छन् ।
‘छ महिनाभित्र मैले धनीपूर्जा दिन सकिन भने सात महिनामा मलाई नगरपालिकामा देख्नु हुने छैन,’ शुक्रवार आयोजित बिजय जुलुसपछिको कोणसभामा मेयर थापाले भने ।
मेयर थापाले सुकुम्बासीमाथि जनप्रतिनिधिले घात गरेको बताए । अघिल्ला जनप्रतिनिधिले राष्ट्रिय भूमि आयोगले दिएको फारमसम्म सुकुम्बासीमाझ नपुर्याएको उनको आरोप छ ।
थापाले नगरबाट पाउने सेवा सुविधा नलिने घोषणा गरेका पनि छन् । ‘नगरपालिकाबाट नगरप्रमुख भएबापत ४० हजार रुपैयाँ जति आउँछ । त्यो म लिन्नँ,’ नवनिर्वाचित मेयर थापाले भने, ‘यो गरिब जनताको शिक्षा, स्वास्थ्यमा खर्च गर्नेछु ।’














