६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

तस्करले करेन्ट लगाएर मारे गैँडा, छ महिनामा १० गैँडाको मृत्यु




चितवन– चालु आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा १० वटा गैँडा मरेका छन् । ती सबै एक सिङ्गे गैँडा रहेको निकुञ्ज प्रशासनले जनाएको छ ।

चालू आवको पहिलो छ महिनामा मरेका १० मध्ये सात गैंडा प्राकृतिक कारणबाट मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । एउटा गैँडा विद्युत् करेन्ट लागेर मरेको छ । दुई वटा गैँडा चोरी निकासीका क्रममा मारिएका छन् ।

शुक्रबार पूर्वी नवलपरासीमा तस्करले विद्युतीय धरापमा पारेर दुईवठा गैँडा मारेका हुन् । पूर्वी नवलपरासीको मध्यविन्दु–२ स्थित नारायणी नदी किनारमा मृत भेटिएका दुवै गैँडा तस्करले थापेको विद्युतीय धरापमा परेर मरेको अधिकारीले बताए ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार ००:००  ८ : ५४ बजे