- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
विगत ३१ बर्षदेखि निरन्तर राजनीतिमा सक्रिय रहेकी रञ्जु प्याकुरेल बिर्तामोड नगरपालिकालाई समृद्ध नगरपालिका बनाउन सकिन्छ भन्ने दृढ संकल्पका साथ स्थानीय तहको निर्वाचनमा होमिएकी छिन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उपप्रमुखको उम्मेद्वारी दिँदै उनी स्थानीय तहको निर्वाचनमा होमिएकी हुन् ।
बिर्तामोड नगरपालिका ३ घर भएकी प्याकुरेल २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा समेत बिर्तामोड–३ को महिला सदस्य पदको उम्मेदवार बनेकी थिइन् । राष्ट्रिय सभा सदस्य पदमा समेत राप्रपाबाट प्रदेश १ मा उम्मेदवारी दिएकी उनी महिला अधिकारकर्मीका रुपमा समेत स्थापित छिन् ।
ताप्लेजुङको फुङलिङमा २०२८ सालमा जन्मिएकी रञ्जुले स्नातक तहसम्मको अध्ययन गरेकीछिन् । राप्रपाभित्र निडर र स्पष्टवक्ता युवा नेतृको रुपमा स्थापित प्याकुरेल पछिल्लो समय राप्रपामा रहेर सक्रिय राजनीतिमा गरिरहेकी छिन् ।
बलभद्र जनता माविमा कक्षा ७ मा अध्ययनरत रहेकै बेला २०४१ सालमा अनेरास्ववियु प्रारम्भिक कमिटीमा आवद्ध भएर राजनीतिक जीवन शुरु गरेकी प्याकुरेल राप्रपाको बिर्तामोड नगर अध्यक्ष हुन् ।
एमाले नेता रविन कोइरालालाई राजनीतिक गुरु मान्ने प्याकुरेल २०४६ सालमा मेची क्याम्पसमा पढ्न शुरु गरेसँगै राजेन्द्र लिङ्देनको नेतृत्व राप्रपाको नीतिबाट प्रभावित भएको बताउँछिन् । त्यस यता उनी निरन्तर राप्रपामा आवद्ध भएर राजनीति गर्दै आएकीछिन् ।
राष्ट्रियता, स्वाधिनता र मौलिकताको पक्षमा राप्रपा रहेको र हिन्दूधर्म र मूल्यमान्यताको जगेर्ना गर्दै सबै भाषाभाषी, जातजाति, धर्म, लिङ्ग, वर्ण आदिसँग समभावका साथ काम गर्ने नीति रहेका कारणपनि आफूले जित्ने उनको दाबी छ ।
बिर्तामोडमा नै रहेर १५ बर्षसम्म शिक्षणसँगै राजनीति गरेका कारण यहाँको भूगोल, सामाजिक, आर्थिक, साँस्कृतिक, धार्मिक लगायत सम्पूर्ण पक्षको राम्रो जानकारी भएकाले जनप्रतिनिधि हुने अवसर पाएमा समृद्ध बिर्तामोड बनाउनका लागि अहम् भूमिका खेल्न सक्ने उनको धारणा छ ।
विभिन्न सामाजिक संघसंस्थामा रहेर काम गरेको, विभिन्न आन्दोलनमा सक्रिय सहभागी भएको आदि कारणबाट पनि बिर्तामोडका आम मानिसले आफूलाई चिन्ने भएकाले आफूले मत पाउनेमा प्याकुरेल विश्वस्त छिन् ।
आफू बिर्तामोड नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएसंगै भष्ट्रचारमुक्त स्थानीय तह निर्माण गर्ने, छिटो छरितो सेवा प्रवाह गर्ने, विपन्नको पहिचान गर्ने र ६ महिना भित्र स्थानीय ऐन निर्माण गर्ने उनको याृजना छ ।
कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने, हरेक विद्यालयमा ४ दिन पाठ्यक्रम पढाई गर्ने र दुई दिन विद्यार्थीको रुची अनुसारको प्राविधिक ज्ञान सिक्ने अवसर प्रदान गर्ने , जीवनउपयोगी सीप सिक्न प्रेरित गर्ने जस्ता एजेण्डा लिएर उनी चुनावी मैदानमा छिन् । बिर्तामोड नगरपालिका भित्र मुक्ति चौकको वरिपरि सार्वजनिक शौचालय निर्माण गर्ने जस्ता उनका योजना रहेका छन् ।