- ग्रीन फिल्डमा एआई-रोबोटिक्स ल्याब : शिक्षालाई आधुनिक प्रविधिसँग जोड्ने अभियान
- पत्रकार गौतम प्रेस युनियनको केन्द्रीय सदस्य मनोनित
- प्रहरीको गोलीबाट युवकको मृत्युपछि सुनसरी तनावग्रस्त : अनिश्चितकालीन कर्फ्यु
- बुट्टावारी गोल्डकपमा ३ लाख ३६ लाख बचत
- मेची क्राउनमा स्वामित्व फेरबदल : क्षमादेवी ग्रुप बाहिरियो, सापकोटा बने बहुमत शेयरधनी
झापा– स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्ला तहमा निर्वाचनको तयारी तीब्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार केन्द्रीय निर्देशन अनुसार तयारी भइरहेको हो ।
सरकारले बैशाख ३० का लागि स्थानीय तह निर्वाचनको मिति घोषणा गरेपछि आयोगले मतदानस्थल र मतदान केन्द्रको टुङ्गो लगाउँदै प्रारम्भिक तयारी थालेको जिल्ल निर्वाचन अधिकृत तुलसीप्रसाद नेपालले बताए ।
झापा धेरै मतदाता भएको दोस्रो जिल्लाका रुपमा गनिन्छ । मोरङपछि झापामा सबैभन्दा धेरै ६ लाख ४६ हजार २ सय ३४ मतदाता छन् ।
मतदाता संख्याका हिसावले संघीय राजधानी काठमाडौँ ६ लाख ३७ हजार ७ सय ७५ सहित तेस्रो स्थानमा छ । ‘मतदाताको बढ्दो संख्या र चापका हिसावले निर्वाचन तयारी भइरहेको छ’, अधिकृत नेपालले भने ।
निर्वाचन कार्यालयका अनुसार १५ वटा स्थानीय तह रहेको झापामा २८६ मतदानस्थल र ७६० मतदान केन्द्र तोकिएको छ ।


















