- बिर्तामोडमा मनोसामाजिक परामर्श सेवा सुरु : वैदेशिक रोजगारीमा जानेलाई पनि सहयोग
- निःशुल्क आँखा शिविरमा ४२१ जनाको परीक्षण
- बिर्तामोडमा असोज ३० गते ‘जमरा एण्ड द बिट्स’, तीन हजार दर्शक सहभागी हुने अनुमान
- बिर्तामोडको किङ्सबरी अब र्याडिसन ब्रान्डमा : थप १०० करोड लगानी गर्ने तयारी
- सर्पदंशबाट नेपालमा वर्षेनि एक हजारको मृत्यु, जनचेतना फैलाउन झापा र मोरङमा कार्यक्रम
झापा– स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्ला तहमा निर्वाचनको तयारी तीब्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार केन्द्रीय निर्देशन अनुसार तयारी भइरहेको हो ।
सरकारले बैशाख ३० का लागि स्थानीय तह निर्वाचनको मिति घोषणा गरेपछि आयोगले मतदानस्थल र मतदान केन्द्रको टुङ्गो लगाउँदै प्रारम्भिक तयारी थालेको जिल्ल निर्वाचन अधिकृत तुलसीप्रसाद नेपालले बताए ।
झापा धेरै मतदाता भएको दोस्रो जिल्लाका रुपमा गनिन्छ । मोरङपछि झापामा सबैभन्दा धेरै ६ लाख ४६ हजार २ सय ३४ मतदाता छन् ।
मतदाता संख्याका हिसावले संघीय राजधानी काठमाडौँ ६ लाख ३७ हजार ७ सय ७५ सहित तेस्रो स्थानमा छ । ‘मतदाताको बढ्दो संख्या र चापका हिसावले निर्वाचन तयारी भइरहेको छ’, अधिकृत नेपालले भने ।
निर्वाचन कार्यालयका अनुसार १५ वटा स्थानीय तह रहेको झापामा २८६ मतदानस्थल र ७६० मतदान केन्द्र तोकिएको छ ।


















