- सरकार खोज उद्धारमा चुक्यो, प्रतिपक्षलाई गाली गरेर उम्किन खोज्यो : अध्यक्ष गिरी
- शिक्षा सहकारीको इकाइगत साधारणसभा सुरु
- कांग्रेसको वडा अधिवेशन एक साता पर सार्ने तयारी
- शिवगञ्जमा श्रीकृष्णको भव्य रथयात्रा, हजारौँ भक्तजन सहभागी
- क्षितिज नाट्य प्रतिष्ठानको नेतृत्वमा पुनः माधव कल्पित
झापा– दक्षिणी झापाको भारतीय सीमावर्ती क्षेत्रबाट अवैधरुपमा औषधि भित्रिने गरेको छ । खुला सीमा र कमजोर सुरक्षा उपस्थितिको फाइदा उठाउँदै कारोवारमा संलग्नहरुले क्यारियरमार्फत अवैधरुपमा औषधि भित्र्याइरहेका छन् ।
भारतसँग सीमा जोडिएको दक्षिणी झापाको कचनकवल गाउँपालिका क्षेत्रबाट अवैधरुपमा औषधि भित्रिने गरेको प्रहरीले जनाएको छ । यसरी भित्रिएको औषधि सहरका क्लिनिकसम्म पुग्ने गरेको प्रहरी अनुमान छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गस्तीमा खटिएको प्रहरी टोलीले अवैध रुपमा भित्रिएको औषधि बेला बेला बरामद गर्दै आएको छ । यद्यपि, कारोवारमा संलग्नले प्रहरीको आँखा छलेर मध्यरातमा औषधि ओसार्दै आएका छन् ।

दक्षिणी झापाको कचनकवल–१ कुटीबाट सोमवार मध्यरातमा आठ लाख भन्दाबढी मूल्यको औषधि भित्रिएको छ । पैदल आएका दुई जनाले भारतीय क्षेत्रबाट बोरामा हालेर औषधि ल्याएका हुन् ।
झापा प्रहरीका प्रवक्ता डीएसपी बसन्त पाठक भारतीय क्षेत्रबाट अवैध रुपमा नेपाल भित्रिएको औषधि अस्थायी प्रहरी चौकी कुटीले बरामद गरेको बताउँछन् । उनका अनुसार प्रहरीले ११ प्रकारका औषधि जफत गरेको छ ।
‘प्रहरीलाई देखेपछि बोरा छोडेर उनीहरु भागे’, डीएसपी पाठकले भने, ‘प्लाष्टिकका बोरा खोलेर हेर्दा औषधि रहेछ ।’ पर्याप्त जनशक्ति र स्रोत साधनको अभावमा सीमा क्षेत्रमा सुरक्षा तैनाथी कमजोर हुँदा अवैध कारोवारमा संलग्नहरुले सक्रियता बढाउँदै लगेको सीमावर्ती क्षेत्रका स्थानीय बताउँछन् ।
घेरावारीका स्थानीय कल्तु राजवंशी कतिपय अवस्थामा प्रहरीले नै अवैध आयात र ओसारपसारलाई सघाउने गरेको दावी गर्छन् । ‘पुलिसले काम गरेजस्तो पनि गर्छ, कुरो मिलो भने जे ल्याए पनि आँखा चिम्लिन्छ ।’


















