फिदिम– पहिरोले पुरिएर फिदिम फालोट सडक अवरुद्ध भएको छ । पहिरोले सडक भत्किँदा तीन सातायता आवतजावतमा समस्या भएको फालेलुङ गाँउपालिका –७ का वडाध्यक्ष शेरबहादुर केरुङले बताए । सडक अवरुद्ध भएकाले यातायातमा समस्या भएको छ ।
केरुङका अनुसार ‘सामान्य लगानीबाट तत्काल पहिरो पन्छाउने सम्भावना छैन् । सडकको फुलभञ्ज्याङ बाँस्बोटे खण्डमा पहिरो गएको हो । लुखुरेको पहिरोले बिगत पाँच दिनदेखि सडक अवरुद्ध छ ।
बाँस्बोटेको पहिरोले २० दिनदेखि सडक अरुद्ध भएको हो । पहिरोका कारण फिदिमदेखि प्राङबुङतर्फ आवतजावत गर्ने सवारी साधनहरु सञ्चालन हुन सकेका छैनन् । बिरामीलाई अस्पताल लैजान समस्या भएको फालेलुङ ७ बाँस्बोटेका जय केरुङले बताए ।