७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

सुकुम्बासीमाथि डोजर र दमन अस्वीकार्य : पूर्व प्रधानमन्त्री खनाल



काठमाडौँ-पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएर बल प्रयोग गरेको भन्दै कडा आपत्ति जनाएका छन्। उनले राज्यले बन्दुकको डर देखाएर सुकुम्बासीलाई विस्थापित गरेको आरोप लगाउँदै यसप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका हुन् ।

खनालले काठमाडौँका बस्तीमा सुकुम्बासी मात्र नभई ‘ढुकुम्बासी’ समेत रहेको उल्लेख गर्दै ढुकुम्बासी तह लगाउने नाममा सुकुम्बासीलाई अन्याय गरिएको बताए। ‘ढुकुम्बासीलाई तह लगाउने बहानामा सुकुम्बासीमाथि दुःख दिने काम भएको छ’ उनले भने।

उनका अनुसार काठमाडौँ उपत्यकासहित तराईका करिब १५ जिल्लामा सुकुम्बासी समस्या जटिल रूपमा रहेको छ। उनले दीर्घकालीन समाधानतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै बल प्रयोग नभई, व्यवस्थित पुनर्वास नीति आवश्यक रहेको धारणा राखे।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार ००:००  ९ : १४ बजे