झापा– सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले दमक-४ ताराबारी क्षेत्रमा सार्वजनिक सवारी चालक तथा सहचालकमाथि मापसे, लापसे तथा स्वास्थ्य परीक्षण गरिएको छ । सवारीसाधनको यान्त्रिक अवस्थासमेत जाँच गरिएको प्रहरीले जनाएको छ ।
दमक नगरपालिका र दमक अस्पतालको सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा तथा इलाका प्रहरी कार्यालय दमकले सञ्चालन गरेको परीक्षणमा ५४ जना चालक तथा सहचालकको स्वास्थ्य अवस्था जाँच गरिएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख सन्तोष राईका अनुसार ३ जना चालक र २ जना सहचालकको लापसे परीक्षण पोजेटिभ आएको छ । थप २ जना मापसे गरेको अवस्थामा भेटिएका छन् ।
परीक्षणमा पोजेटिभ देखिएका चालक तथा सहचालकलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।
















