काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बिहीबार सूचना जारी गर्दै शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल–मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाएको जनाएको हो।
नयाँ समायोजनअनुसार पहिलो वर्गका क्षेत्रमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा कायम गरिएको छ भने डिजेल-मट्टितेलको मूल्य २२२ रुपैयाँ ५० पैसा तोकिएको छ।
अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा समय-समयमा मूल्य समायोजन गर्दै आएको निगमले पछिल्लो निर्णयअनुसार उपभोक्तालाई केही राहत दिने प्रयास गरेको जनाएको छ।
















