३ भाद्र २०८३, बुधबार | Thu Aug 20 2026

यात्रुबाहक बसमा ४७ ग्राम हेरोइनसहित दुई पक्राउ



काठमाडौँ– यात्रुबाहक बसमा सवार एक व्यक्तिबाट ४७ ग्राम खैरो हेरोइन बरामद भएको छ। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगाको टोलीले चन्द्रागिरि नगरपालिका-२ नागढुंगा चेकपोस्टमा जाँचका क्रममा उक्त लागूऔषध फेला पारेको हो।

ब्युरोका अनुसार बर्दियाबाट काठमाडौं आउँदै गरेको बसमा सवार बर्दियाको गुलरिया नगरपालिका-१ का २४ वर्षीय निकलेश गोटियाललाई शुक्रबार बिहान करिब ११:३० बजे जाँच गर्दा खैरो हेरोइनसहित पक्राउ गरिएको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा गोटियालको संलग्नतामा काठमाडौं महानगरपालिका-४ धुम्बाराही बस्ने ४२ वर्षीय विजय थापालाई पनि पक्राउ गरिएको लागू औषध नियन्त्रण ब्युरोका सहप्रवक्ता प्रहरी नायव उपरीक्षक जीवन निरौलाले बताए ।

थापालाई सोही दिन दिउँसो करिब ५:३० बजे डिजिटल तराजु एक थानसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार ००:००  ९ : ३० बजे