१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

बालमैत्री नगर घोषणाको तयारीमा जुट्यो कनकाई नगरपालिका



झापा-झापाको कनकाई नगरपालिका बालमैत्री नगर घोषणाको तयारीमा जुटेको छ । उत्कृष्ट बालमैत्री स्थानीय शासन युक्त नगरपालिका बन्ने लक्ष्यका साथ नगरपालिकाले काम थालेको हो ।

नगर प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले आगामी आर्थिक वर्षमा नगरलाई बालमैत्री नगर घोषणा गर्ने गरी तयारी भइरहेको जानकारी दिए ।

बालमैत्री शासनका विभिन्न सूचक पूरा गर्दै झापाको भद्रपुर नगरपालिका मात्रै बालमैत्री स्थानीय तहका रुपमा घोषणा भएको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार ००:००  ५ : ३९ बजे