काठमाडौँ-माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तीव्र आलोचना गर्दै आएका माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग भेटवार्ता गरेका छन् ।
महासचिव विप्लवको कपिलवस्तुस्थित निवासमा पुगेर उपमहासचिव शर्माले मङ्गलबार भेटवार्ता गरेका हुन् । भेटमा नेपालको पछिल्लो समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको महासचिव विप्लवले बताए ।
वामपन्थी शक्तिलाई बलियो बनाएर जाने भन्ने विषयमा सकारात्मक देखिएका विप्लव पूर्व माओवादी घटकहरूबीच एकता चाहन्छन् । विप्लवसँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि निरन्तर छलफलमा छन् ।

















