४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

वीरता लेडी जेसीजद्वारा बालकल्याणका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण



बिर्तामोड-वीरता लेडी जेसीजले बुधबार बालकल्याण आधारभूत विद्यालय अर्जुनधारा-६ का नानीबाबुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

बसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसर पारेर विद्यालय प्रवेश गरेका नानीबाबुका लागि लेडी जेसीजले शैक्षिक सामग्री वितरण गरेको हो ‌।

नयाँ भर्ना हुन आएका विद्यार्थीका लागि प्रोत्साहन स्वरूप शैक्षिक सामग्री वितरण गरिएको वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीले बताउनुभयो ।

लेडी जेसीजको टोली विद्यालय पुगेर प्रधानाध्यापक डम्बरप्रसाद यादवलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हाे । नयाँ भर्ना हुन आएका विद्यार्थीले लेडी जेसीजका तर्फबाट ब्याग, कपी, पेन्सिल लगायतका सामग्री प्राप्त गरेका छन् ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, पशुपति युवा समूहका अध्यक्ष घनेन्द्र डाँगी, वीरता लेडी जेसीजका निवर्तमान अध्यक्ष संगीता गिरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवाकरलाल चौधरी लगायतले आ-आफ्नो धारणा राख्नुभएको छ ।

लेडी जेसीजकी उपाध्यक्ष चन्द्रकला रिजालको संयोजकत्वमा भएको कार्यक्रमकाे सञ्चालन महासचिव मुना ढुंगेलले गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष अस्मिता राईले आस्था वाचन गर्नुभएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार ००:००  ५ : ०६ बजे