२ असार २०८३, मंगलबार | Wed Jun 17 2026

लोककल्याणकारी विज्ञापनको रकममा विभेद नगर्न माग



बिर्तामोड–डिजिटल अनलाइन पत्रिकाका सञ्चालकले लोककल्याणकारी विज्ञापन वितरणमा विभेद नगर्न बिर्तामोड नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । सोमवार नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई भेटेर उनीहरुले ध्यानाकर्षण गराएका हुन् ।

नगर क्षेत्रभित्र कार्यालय राखेर सञ्चालन भइरहेका अनलाइन पत्रिकाले आफ्नो मागसहित नगर प्रमुख प्रसाईलाई ज्ञापनपत्र बुझाएका छन् । प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपानेलाई समेत राखेर ज्ञापनपत्र बुझाइएको हो ।

लोककल्याणकारी विज्ञापन बापतको भुक्तानीमा अनलाइन सञ्चारमाध्यमलाई समेत अन्य सञ्चारमाध्यम सरह भुक्तानी गर्न नगरपालिकालाई आग्रह गरिएको छ । १८ जना सञ्चालकले आफ्नो मागमा गम्भीर हुन गरेको आग्रहलाई नगरपालिकाले सकारात्मक रुपमा लिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार ००:००  ७ : ३० बजे