१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

१० जना उम्मेदवार निर्विरोध



ताप्लेजुङ– आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा १० जना उम्मेदवार निर्विरोध भएका छन् । उनीहरूको विरुद्धमा उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारीसमेत फिर्ता भएसँगै निर्विरोध भएका हुन् ।

हिमाली बस्ती फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्षसहित पाँच जना निर्विरोध भएका छन् । पछिल्लो समय निर्विरोध हुनेमा एक महिला सदस्य र चार दलित महिला सदस्यसहित दश जना रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार ००:००  १० : १८ बजे