- गोली हानेर पक्राउ परेका कार्की पूर्व प्रहरी आपराधिक घटनामा संलग्न
- भन्सार दर दोब्बर भएपछि सुनको मूल्य वृद्धि
- स्थानीय तह निर्वाचनको पूर्वतयारीमा राप्रपा झापा
- झापामा ‘अभ्यास मनसुन -६’ सम्पन्न
- बिर्तामोडमा अपाङ्गता भएका १ सय १७ जनालाई सहायक सामग्री वितरण
बिर्तामोड– नाडाको अधिवेशन आगामी मंसिर २२ र २३ गते हुने भएको छ । अधिवेशनका लागि आइतवार करण चौधरीले अध्यक्षमा उमेद्वारी घोषणा गरेका छन्।
झापाको बिर्तामोडमा मेची अटो मोवाइल्स डिलर्स एसोसिएसनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा चौधरीको समूहले उमेद्वारी घोषणा गरेको हो।
केन्द्रीय कार्यवाहक अध्यक्ष प्रकाश सिवाकोटीले आगामी कार्यकालका लागि सक्षम नेतृत्व चयन हुने बताए । केन्द्रीय सदस्य प्रकाश कपुरीले नाडा काठमाडौंमा मात्र सीमित नभई देशव्यापी रुपमा विस्तार भएको बताए । कपुरीले प्रादेशिक संरचना निर्माण गरेर अघि बढ्नु पर्ने आवश्यकता औंल्याए ।
अर्का केन्द्रीय सदस्य राजनबावु श्रेष्ठले अटो मोवाइल्सको विषयमा निर्णय गर्दा सरकारले पनि सुझाव लिन थालेको बताए । चौधरीको नेतृत्वमा नाडाको भूमिका अझै सशक्त र प्रभावकारी हुने श्रेष्ठले उल्लेख गरे ।
केन्द्रीय उपाध्यक्ष सुवास आचार्यले नाडा विस्तार हुँदै गएकोमा खुशी व्यक्त गरे । केन्द्रीय अध्यक्ष कृष्ण दुलालले ३२०० जना नाडाका सदस्य रहेको बताउँदै यसको दायरा बढ्दै गएको बताए ।
व्यवसायीको हितमा लाग्न सक्ने नेतृत्वको खाँचो रहेको बताउँदै अध्यक्ष दुलालले राजस्वमा २५ प्रतिशत योगदान दिइरहेको बताए ।
अध्यक्षका दावेदार चौधरीले व्यवसायीको समस्या समाधानमा लाग्ने बताए । उनले टिममा सक्षम नेतृत्व रहेको बताए । उनले नेपालमा गाडी उत्पादनमा लाग्ने बताउँदै नाडाकाे उचाइ अझै बढ्ने बताए ।
केन्द्रीय काेषाध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले पत्रकार सम्मेलनमा सहभागी सबैलाई धन्यवाद दिए । मेची अटो मोवाइल्स डिलर्स एसोसिएसनका संरक्षक बिनाेद बस्नेतले नाडा खुम्चिएको अवस्थामा रहेको बताउँदै यसलाई राजनीतिक गर्ने थलाे बनाउन नहुने बताए ।
उनले बिर्तामोडलाई कमजोर नआँक्न अनुरोध गरे । पैसा कमाउने मात्र हाेइन, सामाजिक काममा पनि नाडा लाग्नु पर्ने संरक्षक बस्नेतले बताए।
















