- ग्रीन फिल्डमा एआई-रोबोटिक्स ल्याब : शिक्षालाई आधुनिक प्रविधिसँग जोड्ने अभियान
- पत्रकार गौतम प्रेस युनियनको केन्द्रीय सदस्य मनोनित
- प्रहरीको गोलीबाट युवकको मृत्युपछि सुनसरी तनावग्रस्त : अनिश्चितकालीन कर्फ्यु
- बुट्टावारी गोल्डकपमा ३ लाख ३६ लाख बचत
- मेची क्राउनमा स्वामित्व फेरबदल : क्षमादेवी ग्रुप बाहिरियो, सापकोटा बने बहुमत शेयरधनी
एक बावुले छोरीले आफ्नो इच्छाअनुसार बिहे नगरेको भन्दै परिवारका सात सदस्यलाई ज्युँदै जलाइ दिएका छन् । छोरीले आफ्नो इच्छा विपरित प्रेम विवाह गरेको र आफ्नो आत्मसम्मान गुमेको भन्दै पाकिस्तानका मन्जुर हुसेनले आफ्नै परिवारका सात सदस्यलाई ज्युदै जलाइ दिएका हुन् ।
सो घटना पाकिस्तानको पन्जाव प्रान्तस्थित मुजाफरगढ जिल्लाको हो । इन्डिसेन्डेन्ट रिपोर्टका अनुसार मन्जुर हुसेनले आफ्ना दुई छोरी र पाँचवटा नातिनातिनीसहित आफ्नै परिवारका सातजनालाई ज्युँदै जलाएका हुन् ।
हुसेनले छोरी फौजिया बिबिले आफ्नो इच्छा विपरित प्रेम विवाह गरेको भन्दै उनी श्रीमान र नाबालक छोरासहित माइतीमा बसेको बेला आगो लगाएर हत्या गरेका हुन् ।


















