झापा-अविरल वर्षासँगै आएको बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका कारण देशभर २७ जनाको मृत्यु भएको छ ।
सरकारी तथ्यांकअनुसार असोज ८ गतेयता ५१३ वटा मनसुनजन्य विपतका घटना भएका छन् । ती घटनामा सातजना घाइते भएका छन् भने चारजना अझै सम्पर्कविहीन छन् ।
मनसुनजन्य विपतबाट हालसम्म एक हजार ६५ परिवार प्रभावित भएका छन् । बाढी तथा पहिरोका कारण २२५ घर पूर्ण रूपमा र १३७ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।
यस्तै, २७ वटा गोठ तथा ११४ पशुचौपायामा क्षति पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।



















